काठमाडौं उडेको यतीको जहाज इन्जिनमा समस्या देखिएपछि फर्काइयो
काठमाडौं : पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि पोखरा नै फर्काइएको छ ।
यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज उडेको ६ मिनेटमै उक्त जहाजको बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।
