इन्डोनेसियामा कोरोना विरुद्धको चौथो खोप

एजेन्सी : शुक्रबारदेखि इन्डोनेसियामा कोरोना भाइरस विरुद्ध चौथो मात्राको खोप लगाउन सुरु गरिएको छ । चौथो मात्राको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई लगाउन थालिएको सरकारी अधिकारीहरूले जानकारीहरुले जनाएका छन् ।

स्वास्थ्यकर्मीहरूलाई लगाइ सकेपछि अरुलाई लगाउने अधिकारीहरूले जनाएका छन् ।
त्यहाँका स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सुरुमा १९ लाख स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने उल्लेख गरेको छ ।

पछिल्लो समय इन्डोनेसियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले चौथो मात्राको खोप लगाउनु परेको मन्त्रालयको भनाई छ । सङ्क्रमितहरू बढेपछि स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेकोले सुरुमा उनीहरूलाई खोप लगाइने भएको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा इन्डोनेसियामा छ हजार ३५३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएका छन् ।