प्यूठानमा जीप दुर्घटना, एक जनाको मृत्यु १४ जना घाइते
काठमाडौंः प्यूठानको स्वर्गद्वारी ४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
दुर्घटनामा रुपन्देहीकी ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जनाएको छ ।
जीपमा १७ जना सवार थिए ।
