दश अफगानी सुरक्षाकर्मीलाई बाढीले बगायो

एजेन्सी : अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै आएको बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो ।

उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन् ।

मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए ।