पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ जनाको परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।
