खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प
काठमाडौं : आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर छ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो ।
खोटाङ केन्द्रबिन्दु भएर गएको भूकम्प ७२ सालमा गएको विनाशकारी महाभूकम्पको पराकम्पन नभएर नयाँ भूकम्प रहेको केन्द्रले जनाएको छ ।
भुकम्पले गरेको जनधनको क्षतिबारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
