एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन भदौ ५ गतेसम्म

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला गरेको छ । ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो ।

वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन् ।

भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन् ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *