पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले उक्त सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको जनाएको छ ।
गए रातिदेखि लगातार पानी परिरहेकोले पहिरो गएको र अहिले स्काइभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
