नाडेप लघुवित्तको ब्याज आम्दानीसँगै घट्यो नाफा
काठमाडौ : नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको छ । लघुवित्तले आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेर सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो ।
लघुवित्तको खुद ब्याज आम्दानी १७.९५ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १४.८८ प्रतिशत घटेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने ४७.७५ प्रतिशत घटेको छ । खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष ३६.८२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ४.७८ प्रतिशत, निक्षेप १४.७० प्रतिशत र कर्जा १३.४४ प्रतिशत बढेको छ ।
