काभ्रेस्थलीका एकै परिवारका ४ जना मृत भेटिए
काठमाडौं : काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेका छन् ।
प्रमुख भट्टराईका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
