दिनदिनै बढ्दै कोरोना, ८९५ जनामा संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकालगाएतका जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गइरहेका छन् । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
उक्त समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् । छन् ।
