नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं : साताको चौथो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार नेप्सेमा ५.११ अंकको गिरावट संगै २०५७.६८ अंकमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इन्डेक्स १.६९ अंकले घटेको छ ।

मंगलबार सो सेसनमा ४३.३५ अ.क घटेर २०६२.८० अंकमा पुगेको थियो ।

यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५.११ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *