उतारचढापका साथ ओरालोमा नेप्से, कारोबार रकम पनि घट्दै
काठमाडौं : केहि दिनदेखि उतारचढापका साथ शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
यस दिन पनि नेप्से परिसूचक १९.०६ अंक घटेर २०३७.८३ विन्दुमा झरेको छ । आज सोही सेसनमा सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन २२३ स्टकको ३६ हजार २६४ पटकको कारोबारमा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको ६२ लाख ९८ हजार कित्ता शेयर कारेबार भएको छ ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टक हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस दिन युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ ।
