काठमाडौँको फोहोर व्यवस्थापनका १६ वर्षः व्यवस्था र नेतृत्व पटक–पटक फेरियो, समस्या ज्युँका त्युँ
काठमाडौँ । नुवाकोट जिल्लाको सिसडोलमा २०६२ सालदेखि तीन वर्षका लागि मात्रै अस्थायी रूपमा फोहोर विसर्जन गर्ने र त्यसबिचमा दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोटकै बञ्चरे डाँडामा पूर्वाधार तयार पारेर फोहोर प्रशोधन केन्द्र बनाइसक्ने तयारीसहित सिसडोलमा फोहोर विसर्जन सुरु गरिएको थियो । त्यति मात्रै होइन बञ्चरे डाँडामा करीब ४० वर्षसम्म फोहोर व्यवस्थापन गर्ने प्लान्ट बनाउन त्यतिबेला नै तत्कालीन स्थानीय विकास मन्त्रालयले जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहमति समेत गरेको थियो । त्यसरी सहमति गरेको १६ वर्ष व्यथित भएको छ । यो १६ वर्षको विचमा दर्जन बढी सरकार फेरिए, मुलुकमा व्यवस्था परिवर्तन भयो, कुनै समय लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कृति तयार पारेको कोल्फू खोला र वरीपरी पानी मात्रै बगेन त्यहि फोहोरको पहाडबाट लिच्चड बग्यो र त्यहाँका मानिस र पशुपक्षीलाई रोगी बनायो ।
यो १६ वर्षको विचमा दर्जन बढी सरकार फेरिए, मुलुकमा व्यवस्था परिवर्तन भयो, कुनै समय लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कृति तयार पारेको कोल्फू खोला र वरीपरी पानी मात्रै बगेन त्यहि फोहोरको पहाडबाट लिच्चड बग्यो र त्यहाँका मानिस र पशुपक्षीलाई रोगी बनायो ।
तर, फोहोर समस्या भने अहिले पनि ज्युँका त्युँ छ । देवकोटाले आफ्नो कृतिमा अटाएको परिवेश कागती गाउँका घर–दैलोमा दिनहुँ फोहोरका भारी बोकेर कुद्ने ट्रकले फोहोरका पोका मात्रै होइन प्रदुषित धुँवा उपहार दिदैँ ओहोर–दोहोर गर्छन । अनि कागती गाउँ र आसपासका बासिन्दा सरकारसँग हामीलाई रोग पनि चाहिँदैन, फोहोर पनि चाँहिदैन भन्दै कागती गाँउबाट केही किलोमिट मात्रै टाढा रहेको सिंहदरवारलाई बुलन्द आवाज छाड्छन । तर, न केन्द्र सरकार उनीहरुका आवाज सुन्छ न त घरदैलोको सरकार भनेर चिनिने स्थानीय सरकार नै । अहिले पनि उनीहरुको माग एउटै छ । फाहोर व्यवस्थापन हुनुपर्र्यो । हामी स्वाथ्य रहनु पर्यो । यस्तै माग राख्दै सिसडोलवासी बेलाबेलामा फोहोर बोकेका ट्रकहरुलाई रोकिदिन्छन् र अवरोध गर्छन् । त्यति गरेपछि केन्द्र र स्थानीय सरकार उनीहरुका माग पूरा गर्ने भन्दै तातिन्छ । आस्वाशनका पुलिन्दा बोकेर उनीहरु फेरि फर्किन्छन् । काठमाडौँ महानगरपालिकाले बाटो बनाउने बाहनामा फोहोर विसर्जन हुन नसकेको भन्ने उर्दी जारी गरेपछि काठमाडौँसँगै उपत्यका भित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थलसम्म फोहोर ढुवानीमा ठूलो समस्या देखियो । ७० दिन भन्दा बढी समय फोहोर उठ्न नसकेपछि काठमाडौँका सडकमा फोहोरका पहाडहरु देखिन बने भने त्यसको प्रत्यक्ष असर भोग्न काठमाडौँ र उपत्यकावासी बाध्य भए । कहिले पासाङ्गल्हामु राजमार्ग अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको मुड्खु तीनपिप्ले सडकखण्डमा सडक कालोपत्रे हुनुपर्नेलगायतका माग राखी स्थानीय बासिन्दाहरुले सडक अवरोध गरी फोहोर ढुवानीमा अवरुद्ध गर्ने गर्छन भने कहिले सरकारले आफ्ना मागमा बेवास्था गरेको भन्दै फोहोर विसर्जनमा अवरोध गर्ने गर्छन ।
अहिले काठमाडौँ महानगरपालिकामा नयाँ नेतृत्व आएको स्वतन्त्रबाट मेयर निर्वाचित बालेन साहले सपथ अघि नै सिसडोल पुगेर त्यहाँका बासिन्दालाई काठमाडौँले अपराध गरेको भन्दै सेन्टिमेण्ट लिन भ्याउनुभयो । तर, उहाँले पनि फोहोर व्यवस्थापनमा खासै सकारात्मक पहल गर्न नसकेपछि सिसडोलबासी मात्रै होइन काठमाडौँबासी पनि उहाँबाट पनि समाधान होला भन्ने अपेक्षा गर्न छाडेका छन् । केही दिन अघि मात्रै धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँ आउँदा फोहोरका पहाड खपिनसक्नुका थिए । उहाँले यहाँको फाहोर व्यवस्थापनमा श्रमदान गर्ने रहर भएको भन्दै व्याङ्ग्य गर्दा यहाँका मेयर साह जंगिनु मात्रै भएन । उहाँहरुको सामाजिक सञ्जालमै दाहोरी चल्यो । फाहोर नउठेको विषयमा सामान्य आलोचना हुँदा पनि जंगिन मेयर साहको अहिले पनि फाहोर व्यवस्थापन गर्ने सन्दर्भमा भने जङ्गी देखाउन सक्नु भएको छैन ।
त्यहि फोहोरको ढंगुर हटाउन स्थानीय र केन्द्र सरकारलाई दबाब दिन युवा संघ नेपालले एक हप्ते अभियान नै सञ्चालन गरेर फाहोर व्यवस्थापनमा रचनात्मक आन्दोलन गर्यो । युवा संघका अध्यक्ष किरण पौडेल फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी युवा संघको नभए पनि लामो समयसम्म फोहोर पहाड बनेपछि बाध्य भएर अभियान सञ्चालनमा लाग्नु परेको बताउनुहुन्छ । त्यसो त लामो समयसम्म बाटो अवरोध हुँदा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न बेलाबेलामा असहज हुने गरेको छ । त्योसँगै सहरका सडक, गल्ली, फुटपाथहरुका फोहोरले दुर्घन्ध बढाउने र हैजा फैलिने खतरा पनि त्यत्तिकै छ । काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभागका अनुसार सहज अवस्थामा पछिल्लो समय काठमाडौ उपत्यकाभरिको १८ वटा पालिकाहरुबाट दैनिक करिब १२०० मेट्रिकटन फोहोर ल्याण्डफिल साइटमा विसर्जन हुन्छ । जसमध्ये काठमाडौ महानगरपालिकाबाट मात्र दैनिक करिव ५ सय ४५ मेट्रिक टन फोहोर विसर्जन हुन्छ । अहिले ल्याण्डफिल साइटको क्षमता पुरा हुँदा पनि बैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नहुनु प्रमुख समस्याका रुपमा रहेको महानगरपालिकाको भनाई छ । त्यसो त ल्याण्डफिल साइट जाने सडकको दयनीय अवस्था र बैकल्पिक बाटोको व्यवस्था नहुनुले पनि फोहोर विसर्जनमा समस्या हुने गरेको छ ।
जसमध्ये काठमाडौ महानगरपालिकाबाट मात्र दैनिक करिव ५ सय ४५ मेट्रिक टन फोहोर विसर्जन हुन्छ । अहिले ल्याण्डफिल साइटको क्षमता पुरा हुँदा पनि बैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नहुनु प्रमुख समस्याका रुपमा रहेको महानगरपालिकाको भनाई छ । त्यसो त ल्याण्डफिल साइट जाने सडकको दयनीय अवस्था र बैकल्पिक बाटोको व्यवस्था नहुनुले पनि फोहोर विसर्जनमा समस्या हुने गरेको छ ।
वर्षातको समयमा फोहोरमाथिको बाटो फोहोर लोड भएका गाडीहरु उक्लन नसक्दाको दुख्द दृष्यहरु वर्णन गरी साध्य छैन । तर, न त यो विषयमा फोहोर उत्पादन गर्ने अन्य स्थानीय तहहरुले ल्याण्डफिल साइट व्यवस्थापनमा चासो देखाएका छन् न त काठमाडौँ महानगरपालिकाले नै जिम्मेवार पहल गर्न सकेको छ । केही हप्ता अघि जङ्गे शैलीमा काठमाडौँ महानगरपालिकाले कुनै दीर्घकालिन व्यवस्था नै नगरी कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नउठाउने चेतावनी दियो । त्यति मात्रै होइन महानगरवासीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न अपील गर्दै बार मिलाएर फाहोर उठाउन गाडी आउने आस्वासन दिदैँ काठमाडौँ महानगरपालिकाका मेयर साह घरदैलोमा प्रचार सामग्री नै बोकेर पुग्नुभयो । मिडियामा पनि ती समाचारले राम्रै स्थान पाए । तर, उहाँले अपिल गरे जस्तो अहिले पनि फोहोर लिन घरदैलोमा गाढी पुग्न सकेका छैनन् । अस्थायी रुपमा फोहोर उठ्न थाले पनि कुन दिन फेरि फोहोरको पहाड बन्ने हो भन्ने यकिन छैन ।
काठमाडौँ महानगरपालिकाले वडा– १२ टेकुमा रहेको ‘फोहोर ट्रान्सफर सेन्टर’ मा गन्ध हराउने औषधी प्रयोग गरी फोहोरको पहाडलाई सेतो प्लास्टिकले छोपेर राखे पनि फोहोर छोपेको प्लाष्टिक बेलाबेलामा हावाले उढाएपछि स्थानीयहरुले त्यहाँ गुम्सिएको गन्धबाट पीडित हुनुपर्ने बाध्यता यथावत छ । त्यसैले फोहोरमा राजनीति भन्दा पनि उचित व्यवस्थापन अहिलेको आवश्यकता हो ।
