असाेजदेखि शुक्रबारका दिन शेयर बजार बन्द
काठमाडौं : असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आइतबार बसेको नेपाल स्टक एक्सचेन्जको बोर्ड बैठकले शुक्रबार सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
गत जेठ १ गतेदेखि ३० गतेसम्म सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिए स्वरुप सेयर बजार कारोबारमा आइतबार सार्वजनिक विदा हुने भएकोले उक्त दिनको सट्टा शुक्रबारलाई सारिएकाले प्रभावित हुन पुगेको थियो ।
विगतमा नेप्सेले कारोबार दिन (आइतबारदेखि बिहीबार) गर्दै आए जस्तै असार १ गतेदेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुँदै आएकोमा तीन महिनापछि पूनः आइतबारदेखि बिहीबार नै कार्यान्वयन गर्ने भएको छ ।
नेप्सेले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग गरेसँगै यस्तो निर्णय गरेको हो । योसँगै पुनः हप्तामा ५ दिन सेयर कारोबार हुनेछ ।