ओराले लाग्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं : सोमबार नेप्से परिसूचक ओरालो लागेको छ । अघिल्लो कारोबार दिन सामान्य बढेको नेप्से यस दिन ओरालो लागेको हो

यस दिन नेप्से ४.२९ अंक घटेर उन्नाइस सय ७३.०१ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ स्टकको २१ हजार ४७१ पटकको कारोबारमा ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशत बढेको छ । रु रु जलविद्युत परियोजनाको शेयरमूल्य यस दिन सर्वाधिक ६.५५ घटेको छ ।