पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
काभ्रेपलाञ्चाेक : काभ्रेपलाञ्चाेक जिल्लाकाे बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
आज बिहान साढे तीन बजेतिर पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
राति सुतिरेहका बेला एक्कासी पहिरो खसेर घर पुरिदा उनीहरुको मृत्यु भएको हो ।
केही दिनदेखि सञ्चालन हुँदै आएको चलाल रोडाढुंगा उद्योगका कारण घरमाथि पहिरो गएको स्थानीयले बताएका छन् ।
