जय नेपाल हलको कम्पाउन्ड भित्रैबाट बग्छ टुकुचा खोला

काठमाडौं : काठमाडौ महानगरपालिकाले जय नेपाल हलको कम्पाउन्डभित्र खाेतल्दा टुकुचा खोला भेटिएकाे छ ।

महानगरकाे नक्सा अनुसार नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब देखिएकाेले डाेजर लगाएर खाेतल्ने क्रममा खोलाको बहाब क्षेत्र पत्ता लगाएकाे हाे ।

हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।

यस अघि टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खनन्‌को माग गर्दै आइरहेको थिए ।