महिला फुटबलमा नेपाल र भारत भिड्दै
काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौं संस्करणको खेलमा नेपालले साविक विजेता भारतको सामना गर्ने भएको हो ।
समूह ’बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।
भारतले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० को हार व्यहोर्दै नेपालसँगको भेट पक्का गरेको हो ।
खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलमा विजय हासिल गर्ने देशसँग खेल्ने छन् ।
पहिलो सेमिफाइनल खेल दिउँसो १ बजेबाट बंगलादेश र भुटानबीच भइरहेको छ ।
