एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ५ मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे फाइनल खेल सुरु हुनेछ।

जारी प्रतियोगितामा यी दुई टोली तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघिका लिग चरण र पहिलो क्वालिफायर दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो।

अघिल्लो संस्करणको फाइनलमा पनि सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो। लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम भने अहिलेसम्म उपाधिविहीन छ। पहिलो संस्करणमा ऊ जनकपुरसँग पराजित भएको थियो।

यसपटक सुदूरपश्चिमसँग लगातार तीन फाइनलको अनुभवलाई उपाधिमा बदल्ने अवसर छ भने लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *