गायिका रचना रिमालको स्वरमा ‘मेरो माया लाग्छ कि लाग्दैन’

काठमाडाैं : गायिका रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक भएको छ । गीतमा डीपी दाहालको शब्द रहेकाे छ भने मनोहर सुनामको संगीत रहेको छ ।

आधुनिक शैलीमा निर्माण भएको उक्त गीतमा एउटी युवतीले आफूले मन पराएको केटालाई मनमा लागेको कुरा व्यक्त गरेकी छन् ।

गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको उक्त भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् भने भिडियोमा प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाङ्कन छ । गीतको भिडियोमा कमलसिंह र पुजन घिमिरेको अभिनय रहेकाे छ ।