एमालेले लगायो विभिन्न क्लस्टर अनुसार समानुपातिक उम्मेदवार टुंगो (प्रदेश अनुसार यस्तो छ बन्दसूची)
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बन्दसूचिमा समावेश हुने समानुपातिक उम्मेदवारहरुको निर्णय गरेको छ ।
अध्यक्ष ओलीको अध्यक्षतामा बालकोटमा शनिवार र आइतबार दुई दिन बसेको बैठकले सात वटै प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, २२ वटा जनसंगठनले सिफारिस गरेका नामावलीमा छलफल गरी प्रतिनिधितर्फ १ सय १० र प्रदेशसभाफर्त २ सय २० समानुपातिकतर्फका उम्मेदवारहरुको निर्णय गरेको हो । बैठकले विभिन्न क्लस्टर अनुसार उम्मेदवार टुंगो लगाएको हो ।

