आज नेपाल र बंगलादेश भिड्दै, उपाधि कस्काे हातमा ?

काठमाडाैं : साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आज साँझ दशरथ रंगशालामा भिड्दैछन् ।

साँझ पाँच बजे हुने फाइनल खेलमा भिडन्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ ।

यस अघि नेपाल चारपटक फाइनलमा पुगेर पनि उपाधिबाट बन्चित भएको थियो भने बंगलादेशले पनि एकपटक फाइनलमा पुगेर उपाधि जित्न सकेको थिएन।

पाँचपटकको च्याम्पियन भारतलाई जारी प्रतियोगितामा पराजित गरेका दुवै टिमबीचको फाइनल खेल रोमाञ्चक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *