राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्याग गर्ने घोषणा
नेपाल बंगलादेशसँग पराजित हुँदै फेरि पनि उपविजेता
काठमाडौं, ३ असोज ०७९ । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता बनेको छ । योसँगै साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।
दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको छ ।
च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्याग गर्ने घोषणा गरेका छन्।
आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए।