तेह्रथुमबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
तेह्रथुम : तेह्रथुमकाे लालिगुराँस नगरपालिकाबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेकाे छ ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
राजनले ती बालिकालाई सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटाना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।