एक्सपोज नेपालले दिए गोरखाका ७० छात्रालाई प्याड बनाउने तालिम

काठमाडाैं, ९ असाेज । एक्सपाेज नेपालले गाेरखामा रहेका दुई विद्यालयमा महिनावारीका बेला प्रयाेग गर्ने सजिलाे प्याड बनाउने तालिम दिएका छन् ।

एक्सपोज नेपालको आयोजनामा गोरखाको सहिदलखन गाउँपालिकामा रहेका बक्राङ बक्रेश्वरी मा.वि.का ३० जना छात्रा र नाम्जुङको जनशक्ति उच्च माध्यमिक विद्यालयका ४० जना छात्रालाई दुइ चरणमा तीन दिने तालिम दिइएको हाे ।

टुगेदर नेपालको सहयोगमा एक्सपोज नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने तालिम दिएकाे एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिनुभयो ।

तालिमपश्चात विद्यालय उमेर समूहका बालिकाले आफ्नो प्रयोगका लागि आफैँ स्वस्थकर पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सक्ने प्रशिक्षक सिर्जना कपालीले बताउनुभयो ।

तालिमका लागि सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेको एक्सपोज नेपालले तालिमपश्चात् व्यावसायिक रूपमा प्याड उत्पादन गर्न चाहने छात्राहरूलाई कच्चा सामग्री र बजारीकरणका लागि सघाउने जनाएकाे छ ।

ललितपुरको जावलाखेलमा रहेको एक्सपोज नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको सजिलो प्याड प्रबद्र्धन गरी बजारिकरणका साथै ग्रामीण क्षेत्रलक्षित गरी महिलाहरुका लागि तालिम सञ्चालन गर्दै आएकाे छ ।

एक्सपोज नेपालले सन् २००७ देखि स्वस्छ र मर्यादित महिनावारीको क्षेत्रमा काम गर्दै आएको छ ।