इटहरीको मुख्य चोकमा गुडिरहेको कारमा आगलागी, पाँच यात्रु सकुशल
सुनसरी, ७ मङ्सिर । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
सोमबार बिहान पाँच जना सवार कारमा अचानक आगो लागेको हो । प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएकाे छ ।
आगो तीव्र गतिमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । आगलागीबाट गाडीमा ठूलो क्षति पुगे पनि कारमा सवार पाँचै जना भने सकुशल रहेको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार आगलागीको विस्तृत कारणबारे थप विवरण आउन बाँकी छ ।
