रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दर्ता गराउँदै

काठमाडाैं, २३ असाेज । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने भएका छन् ।

आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले चितवन-२ बाट चुनाव लड्ने भएका हुन् ।

स्राेतका अनुसार उहाँ आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन जानुभएकाे छ ।

यसअघि चितवन- ३ बाट चुनाव लड्ने चर्चा रहेपनि उहाँ- २ बाट चुनाव लड्ने निश्चित भएकाे हाे ।

चितवन-२ बाट सत्ता गठबन्धनकाे तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै छन् ।