काठमाडौँका सूर्यध्वजावाहक १० क्षेत्रका १० उम्मेदवार

काठमाडौँ, २३ असोज । नेकपा (एमाले)ले काठमडौँका १० वटै निर्वाचन क्षेत्रमा आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार तयार गरी उम्मेदवारी दर्ता गराएको छ । काठमाडौँमा एमालेका तर्फबाट उम्मेदवार बन्नेमा पार्टी उपाध्यक्षदेखि युवा संघ अध्यक्षसम्म रहेका छन् । काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका किरण पौडेल युवा संघ नेपालका अध्यक्ष हुनुहुन्छ । त्यसैगरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभएका डाक्टर राजन भट्टराई एमाले स्थायी कमिटी सदस्य र पाँच बाट उम्मेदवार बन्नुभएका ईश्वर पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । ९ बाट उम्मेदवार बन्नुभएका कृष्णगोपाल श्रेष्ठ एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ ।
१ः किरण पौडेल
२ः मणिराम फुयाल
३ः कृष्ण राई
४ः राजन भट्टराई
५ः ईश्वर पोखरेल
६ः सर्वेन्द्र खनाल
७ः श्याम घिमिरे
८ः शिवभक्त वैद्य
९ः कृष्णगोपाल श्रेष्ठ
१०ः हिमेश केसी