पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ पर्नुभएको छ । उहाँलाई राती नै पक्राउ गरेको हो । उहाँलाई काठमाडौंको महाराजगञ्जस्थित घरबाटै अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ । ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएपछि लामो समय अस्थायी न्यायाधीश भए पनि पछि उहाँ विशेष अदालतको सदस्य हुनुभएको थियो ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उहाँ ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँ एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा प्रधानन्यायाधीश बन्नुभएको थियो । तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो । उहाँलाई के कारणले पक्राउ गरेको भन्ने पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *