हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध सुरु

काठमाडौं, ११ असोज । आजबाट सुरु भएको छ । हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध अर्थात् पितृपक्ष भन्ने चलन छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने सोह्रश्राद्धमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले चिनिन्छ । सोह्रश्राद्धमा गोकर्ण, पशुपति जस्ता धार्मिक स्थलहरुमा सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि जाने गर्छन् ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *