भक्तपुमा ११ वर्षिय बालिका बलात्कृत

भक्तपुर, २६ असाेज । भक्तपुमा ११ वर्षिय बालिका माथि जबरजस्ती करणी भएकाे छ ।

भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित ११ वर्षीया बालिकाकै कोठमा ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएकाे छ ।

काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका ३५ वर्षीय राम बहादुर सुनारलाई जबरजस्ती करणी गरेको अभियाेगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले जबरजस्ती करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।