‘हिजो आजका कुरा’काे प्रिमियर वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वर

काठमाडाैं, २७ असाेज । शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा फिल्मकाे प्रिमियर गरिएकाे हाे ।

फिल्मकाे आयाेजित प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । दीपकराज गिरी, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । साकारको यो डेब्यु फिल्म हो ।

फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ ।

रवि सायमीले छायाङ्कन गरेको फिल्मलाई विनय कंसकारले सम्पादन गरेका हुन् । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।