प्रियंका र ऋचाको ‘चि मुसी चि’ आगामी पुसमा प्रदर्शन हुने, कस्ताे छ त फिल्म ?

काठमाडौं, २८ असाेज । नायिका प्रियंका कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘चि मुसी चि’ आगामी पुसमा प्रदर्शन हुने भएको छ ।

हरर तथा थ्रीलर जानरामा निर्माण भएको नेपाली फिल्म ‘चि मुसी चि’ मा प्रियंकाका अलावा ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टले अभिनय गर्नुभएकाे छ ।

‘चि मुसी चि’को निर्माण यूनिटले शुक्रबार फिल्मको अफिसियल लोगो सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो ।

फिल्मको नेपाली नाम ‘चि मुसी चि’ भएपनि अंग्रेजी नाम भने ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ ।

प्रस्तुतकर्ता अरुण चक्रवर्तीका अनुसार पोस्ट(प्रोडक्सनको काम सकिएकोकाले फिल्म प्रदर्शनको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *