अभिनेता सलोन बस्नेत करिश्मासँग विवाह गर्दै

काठमाडाैं, १ असाेज । अभिनेता सलोन बस्नेत आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह वन्धनमा बाँधिने भएका छन् ।

आगामी मंसिर १२ गते अभिनेता सलोन बस्नेत र एयर होस्टेस करिश्मा केसी बीच विवाह हुने भएकाे हाे । उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा छन्।

अभिनेता सलोन आगामी फिल्म ‘मीलन’को प्रदर्शनको पखाईमा छन्। यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ। अभिनेता सलाेन बस्नेत निर्देशक शाेभित बस्नेतका छाेरा हुन्।

सलाेनले बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए। उनले ‘होस्टल, ए मेरो हजुर २ लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।