पाँच क्षेत्रमा पाँच पूर्वप्रधानमन्त्री, जितको सम्भावना कस्को कति ?

काठमाडौँ, १ कात्तिक । शेरबहादुर देउवा अहिले नेपालको कामचलाउ प्रधामन्त्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको सभापति समेत हुनुहुन्छ । अदालतको परमादेशपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हटेपछि देउवा २०७८ असार २९ मा नेकपा (एमाले)बाट फुटेको एक शक्तिबाट बनेको नेकपा एकीकृत समावजादी, माओवादीलगायतका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । अहिले एकातिर कांग्रेससहितको गठबन्धन चुनावी मैदानमा छ । अर्कोतर्फ भने एमाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी र राप्रपासँग चुनावी तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ ।

ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । यसकारण मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुहुनेछ । गठबन्धनका तर्फबाट भने अहिले पनि को प्रधानमन्त्री बन्ने भन्ने निश्चित छैन । गठबन्धनको एक दल माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ पछि आफू प्रधानमन्त्री बन्ने खुलासा गर्नुभएको छ भने वर्तमान प्रधानमन्त्री देउवा पत्नी आरजुको पनि भावी प्रधानमन्त्रीमा चर्चा छ । देउवा आफैँ प्रधानमन्त्री बन्ने सोँचमा हुनुहुन्छ भने कांग्रेसका महामन्त्री गगनकुमार थापाले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई मत माग्दै आउनु भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव नेपाल पनि गठबन्धनमै हुनुहुन्छ । उहाँहरुको भने प्रधानमन्त्रीमा खासै चर्चा छैन । यद्यपि ०६४ सालको निर्वाचनका बेला नेपाल एमालेको पार्टी प्रमुख हुनुहुन्थ्यो । 

गठबन्धनको एक दल माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ पछि आफू प्रधानमन्त्री बन्ने खुलासा गर्नुभएको छ भने वर्तमान प्रधानमन्त्री देउवा पत्नी आरजुको पनि भावी प्रधानमन्त्रीमा चर्चा छ

हाँको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको एमाले त्यतिबेला तेस्रो दलमा खुम्चिएको थियो भने नेपाल स्वयं पनि पराजित हुनुभएको थियो । यद्यपि, उहाँलाई ०६६ जेठ ११ मा प्रधानमन्त्रीको ढोका खुल्यो र पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । यतिबेला नेपाल प्रधानमन्त्री दाबी गर्ने ठाउँमा त हुनुहुन्न तर यो पटक पनि कतै पहिला जसरी नै प्रधानमन्त्री पद प्राप्त होला कि भन्ने आशा भने उहाँमा देखिन्छ ।

अहिलेका जिवित पूर्वप्रधान्त्रीहरु मध्ये लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई चुनावी मैदानबाट बाहिर निस्किनु भएको छ । पञ्चायतमा ०४० मा प्रधानमन्त्री बन्नुभएका चन्द बहुदल अघि ०४६ मा पनि प्रधानमन्त्री हुनुभएको थियो । बहुदलपछि पनि प्रधानमन्त्री बन्नुभएका चन्दले सक्रिय राजनीतिबाट समेत विदा लिनुभएको छ । चन्द ०५३ फागुन २९ र राजाको प्रत्यक्ष शासनकालमा ०५९ असोज २५ गरी बहुदलपछि पनि दुई पटक प्रधानमन्त्री बन्नुभएको थियो ।

०६९ चैत १ मा मन्त्रीपरिषद् अध्यक्ष बनेर संविधानसभाको दोस्रो निर्वाचन गराउनु भएका पूर्वप्रधानन्यायधीश खिलराज रेग्मी पनि राजनीतिको दौडमा हुनुहुन्न । यसरी हेर्दा अहिले जिवित पूर्वप्रधानमन्त्रीहरु मध्ये पाँच जना मात्रै चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरुको निर्वाचनमाको गति त कस्तो जित–हारको लेखाजोखा कस्तो छ ? यहाँ प्रस्तुत गरेका छौँ ।

शेरबहादुर देउवा

२०४८ सालमा डलेलधुराबाट सांसद बनेपछि निरन्तर सांसदीय राजनीतिमा शक्तिशाली भूमिकासहित रहँदै आउनु भएका देउवा पहिलो पटक ०५२ सालमा प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । त्यसपछि २०५८ र २०६१ सालमा पनि देउवा प्रधानमन्त्री बन्नुभयो । २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बन्नुभएका देउवाको यो पाँचौ कार्यकाल हो । ०७४ सालको निर्वाचनमा डडेलधुराबाट देउवाले २८ हजार ४ सय ४६ मत ल्याउनु भएको थियो ।

उहाँको मतको हिसावले उहाँ जित नजिक भए पनि आफ्नै पार्टी भित्रको किचलो र मल्लको उम्मेदवारीले उहाँलाई सकस पर्ने देखिन्छ

सो क्षेत्रबाट वामगठबन्धनका तर्फबाट खगराज भट्टले २१ हजार ४ सय ९८ मत ल्याउनु भएको थियो । अहिले उहाँ डडेलधुराबाटै उम्मेदवार बन्नुभएको छ । उहाँसँग कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्ल विद्रोही उम्मेदवारका रुपमा हुनुहुन्छ । उहाँको मतको हिसावले उहाँ जित नजिक भए पनि आफ्नै पार्टी भित्रको किचलो र मल्लको उम्मेदवारीले उहाँलाई सकस पर्ने देखिन्छ ।

केपी शर्मा ओली

केपी शर्मा ओली पहिलो पटक ०४८ सालको निर्वाचनमा हालको झापा क्षेत्र नम्बर ५ र तत्कालिन ६ बाट विजयी हुनुहुभएको थियो । उहाँ ०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो । ०६२–०६३ को जनआन्दोलनपछि बनेको सरकारमा उहाँ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभयो । ०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा झापाबाटै निर्वार्चित ओली २०७२ असोज २५ पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

राष्ट्रवादी छविसहित झण्डै २८७ दिन प्रधानमन्त्री बन्नुभएका ओलीलाई संसद्मा नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उहाँले ०६३ साउन ९ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यतिबेला भारतीय नाकाबन्दीको विरोधका कारण उहाँले आफ्नो राष्ट्रवादी छविलाई निकै उच्चो बनाउनु भएको थियो । परिणाम स्वरुप ०७४ को निर्वाचनमा माओवादीलाई समेत साथमा लिएर लडेको चुनावमा वामगठबन्धन झण्डै दुईतिहाई स्थानमा विजयी भयो । ०७४ फागुन ३ मा उहाँ गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थनमा दोस्रो पटक शक्तिशाली प्रधानमन्त्री निर्वाचित हुनुहुभयो ।

दुर्भाग्य के भने अदालतको परमादेशबाट २०७८ असार २९ मा उहाँ दोस्रो पटक पनि प्रधानमन्त्रीबाट हाटाइनुभयो । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट ५७ हजार १ सय ३९ मत ल्याएर विजयी हुनुहुभएका ओली अहिले पनि त्यहि क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । त्यो क्षेत्रमा अघिल्लो पटक पनि ओली नेपाली कांग्रेसका खगेन्द्र अधिकारीसँग चुनाव लड्नु भएको थियो । त्यतिबेला अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउनु भएको थियो । यो पटक ओलीलाई झापा ५ मा तेस्रो शक्तिका रुपमा रहेको राप्रपाको समर्थन छ । त्यसकारण पनि ओलीको यो क्षेत्रबाट जित निश्चित जस्तै छ ।

उहाँको क्षेत्रमा अहिले कांग्रेससहितको गठबन्धन चुनावी मैदानमा छ । यद्यपि, ओलीले प्रधानमन्त्री हुँदा झापा र अझ त्यसमा पनि क्षेत्र नम्बर ५ मा गरेको विकासका कारण उहाँको जित निश्चित जस्तै रहेको छ । उहाँको निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ वडा र गौरीगञ्ज गाउँपालिकाका ४ वडा पर्छन् । कुल २९ वडामा एमालेले ४१ हजार ६ सय १९ मत ल्याउँदा कांग्र्रेसको करीब २२ हजार मात्रै छ । यो मतले पनि ओली सुरक्षित रहेको प्रमाणित गर्छ ।

अहिले कांग्रेससहितको गठबन्धन चुनावी मैदानमा छ । यद्यपि, ओलीले प्रधानमन्त्री हुँदा झापा र अझ त्यसमा पनि क्षेत्र नम्बर ५ मा गरेको विकासका कारण उहाँको जित निश्चित जस्तै रहेको छ । कुल २९ वडामा एमालेले ४१ हजार ६ सय १९ मत ल्याउँदा कांग्र्रेसको करीब २२ हजार मात्रै छ । यो मतले पनि ओली सुरक्षित रहेको प्रमाणित गर्छ

माधवकुमार नेपाल

०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा उहाँ काठमाडौं २ बाट पराजित हुनुभएको थियो । उहाँ त्यतिबेला नेकपा (एमाले)को प्रमुख हुनुहुन्थ्यो । त्यतिबेला उहाँले चुनाव मात्रै हार्नु भएन । उहाँको नेतृत्वमा रहेको एमाले तेस्रो दलमा खुम्चिन बाध्य भयो । त्यतिबेला उहाँलाई माओवादीका झक्कुप्रसाद सुवेदीले पराजित गर्नुभएको थियो । यद्यपि, उहाँले चुनाव हारे पनि प्रधानमन्त्री बन्ने बाटो खुला भयो । उहाँ २०६६ जेठ ११ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभयो ।

उहाँ ०७० र ०७४ का दुबै निर्वाचनमा काठमााडौँ क्षेत्र नम्बर २ बाट विजयी हुनुहुभयो । तर, एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन गरी उहाँ अध्यक्ष बनेपछि उहाँको क्षेत्र निकै कमजोर बन्यो । त्यसपछि उहाँले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ रोज्नुभयो । स्थानीय तहको निर्वाचनमा समाजवादीले मुलुकभरीबाट सबै भन्दा राम्रो नतिजा पनि रौतहट १ बाटै प्राप्त गरेको थियो ।

उहाँ त्यतिबेला नेकपा (एमाले)को प्रमुख हुनुहुन्थ्यो । त्यतिबेला उहाँले चुनाव मात्रै हार्नु भएन । उहाँको नेतृत्वमा रहेको एमाले तेस्रो दलमा खुम्चिन बाध्य भयो । त्यतिबेला उहाँलाई माओवादीका झक्कुप्रसाद सुवेदीले पराजित गर्नुभएको थियो । यद्यपि, उहाँले चुनाव हारे पनि प्रधानमन्त्री बन्ने बाटो खुला भयो

गौर, राजदेवी, माधवनारायण नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिका तथा गढीमाई नगरपालिकाका ३ वडा र गरुडा नगरपालिकाको १ वडा रहेको यो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने नेपालका लागि सुरक्षित नै देखिन्छ । तर, यो क्षेत्रबाट एमालेले अजय कुमार गुप्तालाई उम्मेदवार बनाएको छ । उहाँ लोकप्रिय उम्मेदवार हुनुहुन्छ । त्यसकारण यो क्षेत्रमा नेपाललाई ढुक्क हुने अवस्था छैन ।

प्रचण्ड

संविधानसभाको पहिलो निर्वाचनबाट ठूलो दल बनेसँगै पहिलो पटक ०६५ भदौ २ मा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष प्रचण्ड प्रधानसेनापति रुक्माङ्गद कटुवाल काण्डपछि राजिनामा दिन बाध्य हुनुहुभयो । उहाँले नेतृत्व गरेको पार्टीको पनि ओरालो गति सुरुभयो । ०७० सालको निर्वाचनमा माओवादी तेस्रो दलका रुपमा खुम्चियो भने ०७४ मा तत्कालिन नेकपा एमालेको वैशाखी टेकेर माओवादी अस्तित्वमा रह्यो । पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रचण्डलाई दोस्रो पटक प्रधानमन्त्री बन्न करीब ८ वर्ष कुर्नु पर्यो । उहाँ २०७३ साउन २० मा दोस्रो पटक त्यो पनि कांग्रेसको साहारामा प्रधामन्त्री बन्नुभयो ।

केही महिना अघि मात्रै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने पनि माओवादी अरु दलकै वैशाखीमा अस्तित्वमा छ । अहिले माओवादी एक्लै चुनावी मैदानमा जाँदा नाजुक अवस्थाको परिणाम आउने निश्चित जस्तै छ । यहि बाध्यताका कारण माओवादी अरु दलको साहरा विना चुनाव लड्ने अवस्थामा छैन । दल जस्तै अध्यक्ष प्रचण्डको चुनावी क्षेत्र पनि लथालिङ्ग अवस्थामा छ । त्यहिकारण प्रचण्डले हरेक निर्वाचनमा निर्वाचन क्षेत्र फेर्नुपर्ने बाध्यता छ । अहिले पनि उहाँको चितवनबाट उम्मेदवार बन्ने चर्चा थियो । अन्तिम समयमा उहाँले गोरखा २ रोज्नुभएको छ ।

अहिले माओवादी एक्लै चुनावी मैदानमा जाँदा नाजुक अवस्थाको परिणाम आउने निश्चित जस्तै छ । यहि बाध्यताका कारण माओवादी अरु दलको साहरा विना चुनाव लड्ने अवस्थामा छैन । दल जस्तै अध्यक्ष प्रचण्डको चुनावी क्षेत्र पनि लथालिङ्ग अवस्थामा छ

गोरखा अघिल्लो पटक बाबुराम भट्टराइ निर्वाचित भएको क्षेत्र हो । यो पटक भट्टाई कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छैन । उहाँले राजनीतिमा पुस्तान्तरण गर्दै छोरी मानुषीलाई काठमाडौँ ७ बाट उम्मेदवार बनाउनु भएको छ । कुनै समय प्रचण्डका कडा आलोचक भट्टराई काठमाडौँमा छोरी जिताउनु पर्ने बाध्यताका कारण आफ्नो क्षेत्र प्रचण्डलाई छाडेर उहाँलाई नै जिताउन लागि पर्नु भएको छ ।

यो क्षेत्रबाट अघिल्लो पटक बाबुरामसँग माओवादीका नारायणकाजी श्रेष्ठ पराजित हुनुभएको थियो । यो निर्वाचन क्षेत्रमा पालुङटार नगरपालिकाका १० वडा, सिरानचोक गाउँपालिकाका ८ वडा, अजिरकोट गाउँपालिकाका ५ वडा, बारपाक सुलिकोट गाउँपालिकाका ८ वडा र गोरखा नगरपालिकाका ७ वडासहित ३८ वडा समावेश छन् । स्थानीय तहको निर्वाचनमा बाबुरामको पार्टी निकै कमजोर अवस्थामा थियो । जसकारण पनि बाबुरामले यहि क्षेत्रबाट उठेर हार व्यहोर्ने हिम्मत नगरेकाले प्रचण्ड अघि सारेको देखिन्छ । यो क्षेत्रमा एमालेले युवा उम्मेदवार अब्दुस सलाम मियालाई अघि सारेको छ । अहिले युवाहरुप्रतिको आकर्षण हेर्दा मिया बलियो उम्मेदवारका रुपमा चिनिनुहुन्छ । एमाले यो क्षेत्रमा मतको हिसावमा केही कमजोर देखिए पनि उम्मेदवारका हिसावले जित निकाल्ने अपेक्षामा एमाले छ ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आगामी मंसिर ४ को निर्वाचनका लागि इलाम क्षेत्र नम्बर १ बाट वामगठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । ०७४ को निर्वाचनमा उहाँ एमालेमा हुनुहुन्थ्यो र वामगठबन्धन चुनावी मैदानमा थियो । त्यतिबेला उहाँ कांग्रेस भन्दा झण्डै दोब्बर मतसहित विजयी हुनुभएको थियो ।

उहाँको क्षेत्रमा सूर्योदय नगरपालिका र रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका तथा इलाम नगरपालिकाको वडा नम्बर १० र माई नगरपालिकाका ७ वडासहित कुल ३९ वडा समावेश छन् । स्थानीय तहको निर्वाचनमा उहाँको पार्टी नेकपा एकीकृत समाजवादीले अन्य जिल्लाको तुलनामा सम्मानजनक मत ल्याएको थियो । वडाको विजयी तथ्याङ्क हेर्दा विना गठबन्धन खनालले जित निकाल्न सक्ने अवस्था देखिन्न ।

दलगत हिसावले हेर्दा यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो छ । एमालेले १५ वडा जित्दा समाजवादीले जम्मा ६ वडामा मात्रै जित निकालेको छ

दलगत हिसावले हेर्दा यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो छ । एमालेले १५ वडा जित्दा समाजवादीले जम्मा ६ वडामा मात्रै जित निकालेको छ । यस आधारमा पनि उहाँ यो क्षेत्रमा कमजोर हुनुहुन्छ । कांग्रेसका सबै मतदाताले गुण लगाए भने मात्रै खनालको सम्भावना छ । यो क्षेत्रबाट एमालेले इलाम नगरपालिकाका पूर्व मेयर महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । बस्नेत लोकप्रिय उम्मेदवार हुनुहुन्छ ।