मतदातालाई भ्रम छर्दै उम्मेदवारः आफैँलाई बेइमान घोषणादेखि निःशुल्क हेलिकप्टर यात्रासम्मका आश्वासन
काठमाडौँ, २ कात्तिक । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि अधिकांश राजनीतिक दलका उम्मेदवार अहिले चुनावी मैदानमा छन् । निर्वाचन जितेपछि कहिल्यै गाउँ नफर्किका उम्मेदवार पनि अहिले ठूला–ठूला आश्वासन लिएर जनताको बिचमा पुग्न थालेका छन् ।
कतिपय उम्मेदवार त आफैँलाई आलोचना गर्दै मतदाताको मन जित्ने प्रयत्नमा लागेका छन् । आफ्नो निर्वाचन क्षेत्रका लागि मन्त्री सांसद बन्दा समेत केही गर्न नसकेका उम्मेदवार समेत अहिले गाउँ–गाउँमा पुगेर उदेक लाग्दा तस्बिरहरु सार्वजनिक गर्न व्यस्त बनेको देखिन्छ । यतिसम्मकी केही उम्मेदवारले त आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका विरामी बोक्न आफ्नै खर्चमा हेलिकोप्टर किनिसकेको समेत भ्रम फैलाएर जनतालाई भ्रमित बनाउने कार्य गरेका छन् ।
आफ्नो जिल्लाका विरामी बोक्न नीजि खर्चमा हेलिकोप्टर नै किनेको भ्रम फैलाउने उम्मेदवार भने रामेछापका सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ । कांग्रेस जिल्ला सभापति समेत रहनु भएका पुर्णबहादुर तामाङ (कान्छाराम) ले मतदातालाई आकर्षित गर्न यस्तो भ्रम फैलाउनु भएको हो । उहाँले हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासनसमेत दिन भ्याउनु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ को चिलाउनेको सभालाई सम्वोधन गर्ने सिलसिलामा उहाँले यसरी दिएको आश्वासनको भिडियो अहिले भाइरल बनेको छ ।
। ‘रामेछापको सम्पूर्ण साथीहरु, बुबा आमा दाजुभाइ दिदी बहिनी जो एक हजार पनि जम्मा गर्न सक्दैनन्, म आफैं आएर हेलिकप्टरमा काठमाडौं लगेर उपचार गर्दिन्छु । सक्ने कोही छ १०–२० हजार निकाल्न सक्नेले तेल खर्च र पाइलटको भत्ता दिन्छन् । गुम्देलबाट काठमाडौं लैजाँदा ७० हजार लाग्ने रहेछ,’ उहाँले भिडियोमा भन्नुभएको छ, ‘म नाफा नलिई तपाईहरुको उपचार गराउनेछु । यो कुरा तपाई यहाँ आउने सय जनालेमात्र सुनेर हुन्न, आफन्त नातागोता, सम्धी कुटुम्बलाई पनि सुनाउनुस् ।’
‘रामेछापको सम्पूर्ण साथीहरु, बुबा आमा दाजुभाइ दिदी बहिनी जो एक हजार पनि जम्मा गर्न सक्दैनन्, म आफैं आएर हेलिकप्टरमा काठमाडौं लगेर उपचार गर्दिन्छु । सक्ने कोही छ १०–२० हजार निकाल्न सक्नेले तेल खर्च र पाइलटको भत्ता दिन्छन् । गुम्देलबाट काठमाडौं लैजाँदा ७० हजार लाग्ने रहेछ,’ उहाँले भिडियोमा भन्नुभएको छ, ‘म नाफा नलिई तपाईहरुको उपचार गराउनेछु । यो कुरा तपाई यहाँ आउने सय जनालेमात्र सुनेर हुन्न, आफन्त नातागोता, सम्धी कुटुम्बलाई पनि सुनाउनुस्
कान्छाराम मात्रै होइन मकवानपुरको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिभिसभाको उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका मकवानपुरका निवर्तमान सांसद विरोध खतिवडाको शैली पनि अजिवको छ । अहिले उहाँ जनताको घरदैलोमा चुनावी अभियानमा हुनुहुन्छ । उहाँ एमालेका युवा नेता महेश बर्तौलासँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँको पनि आफैँला गाली गरेको भिडियो भाइरल भएको छ । मतदातासँग मत माग्न पुग्नुभएका खतिवडाले मतदातासँग आफ्नो परिचय दिदैँ ‘विरोध खतिवडा भन्ने बेईमान मै हुँ’ भन्दै परिचय दिएको भिडियो भाइरल छ ।
०२९–३० सालतिर रूपचन्द्र विष्टले मकवानपुर जिल्लाबाटै थाहा आन्दोलन सुरू गर्नुभएको थियो । रुपचन्द्र यतिसम्म अराजक हुनुुहुन्थ्यो कि ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उहाँ प्रयोग गर्नुहुन्थ्यो । कतिपयले त खतिवडाले आफैलाई बेइमान भनेको प्रसङ्गलाई व्याङ्ग्य गर्दै रुपचन्द्रको चेला समेत भनेका छन् । खतिवडाको उक्त भिडियो हेर्यो भने अनौठो मान्नुपर्ने खालकै छ । भिडियोमा मतदाताहरुको समूहमा खतिवडाले आफुलाई चिन्नु भो भनेर प्रश्न गरेको देखिन्छ । मतदाताहरुले चिन्न नसकेको उल्लेख गरेपछि खतिवडा भन्नुहुन्छ– ‘विरोध खतिवडा भन्ने बेमान मान्छे मै हो ।’
खतिवडाको त्यो अभिव्यक्तिपछि एक मतदाताले नामै विरोध रैछ अनि कसरी भन्दै खतिवडालाई दिल्लगी गर्नुहुन्छ । भिडियोमा विरोध मात्रै होर पछाडि खतिवडा खतरा हो भन्दै हाँस्न सुरु गरेको देखिन्छ । उम्मेदवारहरु कहिले मतदातासँगै खेतवारीतिर पुगेको तस्बिर देखिन्छ भने कतै मतदातासँगै बसेर गाउँले खाना, खाजा खाँदै गरेको देखिन्छ । कतिपय ती दृष्य अमिल्दा जस्ता देखिन्छन् । धनाड्य विनोद चौधरी मोटरसाईकलको पछाडि बसेर मत माग्दै गरेको तस्बिर पनि असाध्यै नमिल्दो देखिएको छ ।