नेपालमै भेटियो कोरोनाको नयाँ सव-भेरियन्ट ‘एक्सबीबी’
काठमाडौं, ७ कात्तिक । कोरोना भाइरस अन्तरगत ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) नेपालमा पहिलाे पटक भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको जनाएको छ ।
मन्त्रालयले विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।