नेपाल संवतबारे के भन्नुहुन्छ विभिन्न व्यक्तित्वहरु ? (उहाँहरुको भनाइ भिडियोसहित)

काठमाडौँ ९ कात्तिक । नेपाल संवत् नेपालको मौलिक संवत, राष्ट्रको पहिचान, राष्ट्रको गौरव, राष्ट्रिय संवत् भन्ने मूल नाराका साथ नेपाल संवत् ११४३ को नयाँ वर्ष धुमधामका साथ मनाइएको छ । कार्यक्रमहरूमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।
काठमाडौंको बसन्तपुर डबलीमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४३ द्वारा आयोजित मूल कार्यक्रममा सहभागी हुनुभएका विभिन्न विशिष्ट व्यक्तित्वहरूले नेपाल संवतको महत्व र यसको नयाँ वर्ष मनाउनुको अर्थबारे सारगर्भित अभिव्यक्तिहरू दिनुभएको छ । मैत्री न्युज टीमले संकलन गरेको उहाँहरूको संक्षिप्त अभिव्यक्ति जस्ताको तस्तैः