क्यान्सर अस्पताल निर्माणका कमाण्डर किस्मत मतदाताको न्यायको पर्खाइमा

बाँके, १५ कात्तिक । खजुरा बाँके क्षेत्र नं.३ को प्रतिनिधिसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार हुनुहुन्छ । बर्दियामा निर्वाचन जित्न नसकेका राठौर गठबन्धनपछि सुरक्षित ठाउँको खोजि गर्दै बाँके आउनु भएको हो । स्थानीय नेता कार्यकर्ताको असन्तुष्टि हुँदाहुँदै केन्द्रको शक्ति प्रयोग गरी राठौर बाँकेमा उम्मेदवार हुनुहुन्छ ।

गठबन्धनको सहारामा चुनाव जित्ने आशमा रहनु भएका राठौरलाई नेकपा (एमाले) का उम्मेदवार किस्मतकुमार कक्षपतिले कडा टक्कर दिने अनुमान छ। खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहनु भएका कक्षपति बिकासका पर्याय बन्नुभएको छ ।

। खजुराको विकासमा उहाँको महत्वपूर्ण योगदान छ भने पश्चिमकै एक मात्र क्यान्सर अस्पताल निर्माणको उहाँ कमाण्डर हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा बनेको क्यान्सर अस्पतालले अहिले सयौं बिरामीलाई सेवा दिइरहेको छ । किस्मतले गरेको यिनै कामका सामु सत्तारुढ गठबन्धनका उम्मेदवार राठौरको राजनीतिक उचाई र गठबन्धनको शक्ति होचो सावित भएको छ । चुनाव जित्नैका लागि बाँके आएको भन्दै राठौर बिरुद्ध टुरिष्टको आरोप लागेको छ भने अधिकांस सभा समारोहमा आफु यतैको मान्छे भएको भन्दै जनतालाई आश्वस्त पार्नमै उहाँको समय व्यथित हुने गरेको छ ।

गठबन्धनको सहारामा चुनाव जित्ने आशमा रहनु भएका राठौरलाई नेकपा (एमाले) का उम्मेदवार किस्मतकुमार कक्षपतिले कडा टक्कर दिने अनुमान छ। खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहनु भएका कक्षपति बिकासका पर्याय बन्नुभएको छ

नाम जस्तै कर्म धेरैको नमिल्न सक्छ । र, मिलेको पनि पाईदैन । खुशी नाम भएकाहरु दुःखी र दुःखी नाम भएकाहरु खुशी हामीले देख्ने र सुन्ने गरेका पनि छौँ । तर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको नाम जस्तै कर्म पनि मिलेको छ । बुवा जनकलाल कक्षपति र आमा मानकुमारी कक्षपतिको कोखबाट विक्रम सम्वत् २०१८ सालमा जन्मिएनु भएका कक्षपति एमाले बाँकेका अध्यक्ष हुनुहुन्छ । उहाँ राजनीतिमा सफल हुनुमा लामो प्रयास, योगदान, लगनशीलता, इमान्दारिता र धैर्यता जोडिएको छ । खजुरा क्षेत्रमा उहाँ जनताको मन जितेका व्यक्ति हुनुहुन्छ।

त्यसैले त स्थानिय निकायको निर्वाचनमा जनताले अत्यधिक मत हालेर कक्षपतिलाई खजुरा गाउँपालिका प्रमुखमा निर्वाचित गराएका थिए । उहाँ गाउँपालिकाका अध्यक्ष हुनुभन्दा पहिले प्रखर परोपकार मिसन, खजुरा क्यान्सर अस्पतालरका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । खजुरा क्यान्सर अस्पताल स्थापना हुनुमा उहाँको ठूलो योगदान छ । ब्यापारिक पृष्ठभूमि कक्षपतिले क्यान्सर अस्पतालको भवन बनाउन ईँट्टा, ढुंगा, गिट्टी, सिमेन्ट, छड ओसारेर मजदुरको काम पनि गर्नुभएको थियो । ‘क्यान्सर अस्पतालका लागि मैले नगरेको काम सायदै नहोला,’ उहाँले विगतलाई सम्झिदै भन्नुभयो, ‘मजदुरलाई बुझाउने पैसा नभएपछि कयौँ पटक लुकेर बसेँ ।’ सानैदेखि सामाजिक कार्यमा सक्रिय सानैदेखि सामाजिक कार्यमा सक्रिय कक्षपतिले १६ बर्षको उमेरमा आफ्नो जन्मथलो मुसिकोटका सर्वसाधारणलाई शुद्ध पिउने पानीका लागि प्रयास गरेका थिए । मुसिकोटको माथि रहेको मुहानबाट पिउने पानी ल्याउने क्रममा पंचायत विरोधी भएको भन्दै तत्कालिन सरकारले उक्त कार्यमा प्रतिवन्ध लगाएको उनले बताए । त्यतिबेला उनी एउटा क्लवको सचिव थिए ।

सानैदेखि सामाजिक सेवा गर्ने सोँच बोकेका उहाँ २०५३ सालनमा बाँकेको खजुरा आउनु भएको हो। खजुरा आउनासाथ सामाजिक कार्यमा सक्रिय कक्षपति छोटो समयमा २०५५ सालमा खजुरा खानेपानी तथा सरसफाई समितिको अध्यक्ष हुनुभयो । उहाँ लगातार दुई कार्यकाल उक्त खानेपानीको अध्यक्ष भएर संस्थालाई उचाईमा पुर्याउनुभयो । समाजसेवा गरेर नथाक्ने कक्षपति खजुरास्थित ज्ञानोदय नमुना मावि ब्यवस्थापन समितिमा चार कार्यकाल विताए । ब्यापारसँगै समाजसेवा गर्दै आएका कक्षपतिको नेतृत्वमा २०६२ सालमा खजुरामा प्रखर परोपकार मिसन नेपाल स्थापना भयो । उहाँ तत्कालिन नेपाल क्यान्सर अस्पताल हालको सुशिल कोइराला मेमोरियल क्ययान्सर अस्पतालको संस्थापक अध्यक्ष भएर अस्पताल स्थापना गर्नुभयो । उहाँले नै खजुरामा लायन्स क्लव अफ नेपालगन्जको संस्थापक महासचिव, नेपाल घरेलु उद्योग महासंघ, बाँकेको सल्लाहकार भई काम गरिसक्नु भएको छ । उहाँ राजनीतिसँगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । विद्यार्थी कालदेखि नै कम्यूनिष्ट राजनीतिमा सक्रिय उहाँ सोही बेलानै प्रजातन्त्रका लागि आवाज उठाउने युवा हुनुहुन्थ्यो ।

‘दृढ विश्वास, लगनशीलता र सकारात्मक सोँचले मलाई अगाडी बढ्ने प्रेरणा मिल्यो,’ उहाँले भन्नुभयो, ‘मिसन बोकेर हिड्ने ब्यक्ति कहिल्यै असफल हुँदैन ।’

तत्कालिन नेकपा एमाले बाँकेको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख र उद्योग विभाग प्रमुखको भूमिका निर्वाह गरिसक्नु भएका उहाँ स्थायी शिक्षक छोडेर ब्यापारमा भिज्नु भएका किस्मतकुमार कक्षपतिको नाम बाँकेमा प्रचलित नाम हो । कुनै बेला शिक्षक पेशाबाट जिविका चल्न नसक्ने लागेपछि उहाँ काम गर्न जर्मन जानु भएको थियो । जर्मनमा बसेर देशका लागि योगदान दिन नसकिने लागेपछि उहाँले नेपाल फर्किए र त्यहाँ कमाएको पैसाले उद्योग संचालन गर्नुभयो । ‘देशका लागि केहि गर्नुपर्छ भनेर म जर्मनमा नबसेर नेपाल फर्किए, विदेशमा कमाएको पैसा उत्पादनमुलक कार्यमा लगाउनु पर्छ भन्ने लागेर म खजुरा आएँ,’ उहाँले भन्नुभयो, ‘सकारात्मक सोँचले मानिसलाई उचाइँमा पुर्याउँछ कक्षपतिले सुरु सुरुमा धेरै हण्डर खाए, तर हिम्मत हार्नुभएन। आफ्नो मिसन पूरा गर्न निरन्तर आफ्नो अभियानमा लागिरहनु भयो । हिम्मत नहारेका कारण अहिलेको अवस्थामा आएको उहाँको भोगाई र बुझाई छ ।

‘दृढ विश्वास, लगनशीलता र सकारात्मक सोँचले मलाई अगाडी बढ्ने प्रेरणा मिल्यो,’ उहाँले भन्नुभयो, ‘मिसन बोकेर हिड्ने ब्यक्ति कहिल्यै असफल हुँदैन ।’