एउटै महिला उम्मेदवार नभएका ६१ निर्वाचन क्षेत्र

काठमाडौं, १८ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा महिला उम्मेदवारहरू कमी भएको विषयमा राजनीतिक पार्टीहरूको आलोचना भइरहेको छ । पार्टीहरूले महिला उम्मेदवार दिइहाले पनि पार्टी कमजोर भएको क्षेत्रमा मात्रै दिने गरेको गुनासो पनि आइरहेका छन् ।

यो चुनावमा प्रत्यक्षतर्फ सबै पार्टीबाट केवल ९ प्रतिशत मात्रै महिला उम्मेदवार दिएको तथ्यांक छ । कम मात्र महिला उम्मेदवार दिएका पार्टीका घोषणापत्रमा पनि महिला हक हितका सवालमा भने ठूल ठूला कुराहरू राखिएका छन् ।

निर्वाचन आयोगका अनुसार देशभरि ६१ वटा त्यस्ता निर्वाचन क्षेत्र छन् जहाँ कुनै पनि पार्टीले महिला उम्मेदवार उठाएनन् । एउटै महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्रहरू निम्न छन्ः