माल्टामा इलाम घर भएका एक नेपाली महिलाको डेंगुका कारण मृत्यु

काठमाडाैं, १८ कात्तिक । माल्टामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ । रोजगारीका लागि करिब १ महिना अगाडि माल्टा गएकी बिनिता ढुंगेलको मृत्यु भएको हो ।

इलामको सुर्योदय नगरपालिका –६, कन्यामकी ढुंगेलको उपचारको क्रममा माल्टाको एकअस्पतालमा बिहीबार मृत्यु भएको हो । अस्पतालका अनुसार उनी डेंगुबाट ग्रसित बनेकी थिइन् ।

माल्टा आएको भोलिपल्टबाटै स्वास्थ्यमा समस्या देखिएका ढुंगेललाई अस्पताल भर्ना गरिएको थियो । माल्टाको स्थानीय बीमा नभएको कारण उनको करिब ३० हजार युरोको बिल आएको बताइएको छ ।

रोजगार दाता कम्पनी ओजो ग्रुपले घटनाप्रति दुःख व्यक्त गरेको छ । ढुंगेलले कम्पनीसँग कुनै पनि काम शुरु नगरेको भए पनि कम्पनीको तर्फबाट सहयोगका लागि तयार रहेको कम्पनी ब्यबस्थापनको भनाइलाई उद्धृत गर्दै गैर आवासीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *