चुनावकाे भीडभाडले काेराेना संक्रमण बढ्न सक्ने

काठमाडौं, २२ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका समयमा हुनसक्ने भिडभाडका कारण कोरोना संक्रमण बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले कोरोनाको संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना अपहरणको संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि मन्त्रालयको आग्रह छ । देशमा कोरोना संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको छ ।

भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।