विरोध खतिवडामाथि स्थानीयले गरे हातपात

चितवन, २२ कात्तिक । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात भएको छ।

सत्ता गठबन्धनबाट मकवानपुर २ का उम्मेदवार बनेका खतिवडा चुनावी सभामा जाँदै गर्दा उनी माथि आज एक स्थानीयले हातपात गरेका हाे।

चुनावी अभियानमा मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै खतिवडामाथि हातपात भएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेका पुरूषोत्तम खड्काले उनीमाथि हातपात गरेको स्थानीयहरूले बताएका छन्।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको जनााएको छ।