‘सकिमिला पुन्हि’ अर्थात ‘हलिमलि’का तस्बिरहरू
‘सकिमिला पुन्हि’ अर्थात नेपालभाषामा पिँडालुलाई ‘सकि’ र चन्द्रमालाई ‘मिला’ भनिन्छ । सकि (पिँडालु) खाने पूर्णिमा भएको कारणले यस दिनलाई ‘सकिमिला’ पुन्हि भनिएको हो ।
‘सकिमिला’ पुन्हिकै दिन उपत्यकाका बौद्धमार्गीहरूले बेलुकी बहाबही, चैत्य र अन्य देवीदेवताको मन्दिर अगाडि विभिन्न प्रकारका भुटेका अन्नहरूबाट आकर्षक चित्र बनाई भजन र पूजाआजा गर्ने गरिन्छ ।
यसमा खास गरी भुटेको गहुँ, मकै, भटमास, बदाम आदि अन्नहरू प्रयोग गरिन्छ । त्यसरी बनाइएको कलात्मक चित्रलाई ‘हलिमलि’ भनिन्छ । तस्बिरहरू-अनिता महर्जन