राष्ट्रिय क्रिकेट टिमका कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौं, २६ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएकाे छ ।

राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त भएकाे कप्तानमा नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितकुमारलाई नयाँ कप्तानकाे रुपमा नियुक्त गरिएको जनाएको छ ।

पौडेल यसअघि टिमका उपकप्तान रहेका थिए ।

सन्दीप लामिछाने बलात्कारको मुद्दा लागेर पुर्पक्षका लागि थुनामा परेपछि क्यानले नयाँ कप्तान चयन गरेको हो ।