जित निकाल्ने आत्मविश्वासहित द्धारिका चुनावी मैदानमा, आकर्षक एजेण्डामा अधिकांशको रुझान
टीकापुर । नेकपा (एमाले) कैलाली क्षेत्र नं. १ मा चुनावी अभियान तीव्र पारिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले कैलाली क्षेत्र नं. १ को दुवै प्रदेशमा चुनावी अभियान तीव्र पारेको छ ।
प्रतिनिधिसभामा तपेन्द्र रावल र प्रदेश सभा (२) मा द्धारिकाप्रसाद न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सम थापाले यसपल्ट एमाले टीकापुरले आकर्षक चुनावी एजेण्डा अघि सारेका कारण एमालेप्रति जनताको रुझान देखिएको बताउनुभयो । अन्य दलका उम्मेदवारले यसपल्ट पुरानै एजेण्डा बोकेका कारण मतदाताले एमालेलाई नै रोज्ने नेता थापाको दाबी छ । उहाँका अनुसार कर्णाली करिडोर, वाटर किङडम टीकापुर पार्क, स्पोर्टस एकेडमी, पद्म प्रकाशेश्वर मन्दिर जस्ता पूर्वाधार आकर्षक चुनावी एजेण्डा बनाइएका छन् ।
प्रदेश (२) का उम्मेदवार द्धारिकाप्रसाद न्यौपाने युवा र नयाँ भिजनका साथ अगाडि बढेकोले युवाका आकर्षण उहाँमा रहेको छ । अहिले टीकापुर क्षेत्रका युवा, विद्यार्थी, बृद्धाबृद्धा, महिला सबैले न्यौपानेको टीकापुर बनाउने योजनालाई मन पराएका छन् ।
यसैगरी एमाले कैलालीका सचिवालय सदस्य गणेश वुढाले कैलालीमा सवै निर्वाचन क्षेत्रमा एमालेको अवस्था अत्यन्त सुदृढ रहेको बताउनुभयो । उहाँले एमालेका एजेण्डालाई मतदाताले रुचाएको प्रतिक्रिया आफूले पाएको बताउँदै अन्य दलका उम्मेदवार भन्दा एमालेका उम्मेदवार लोकप्रिय भएकोले पनि आफूहरुलाई जित्न सहज रहेको बताउनुभयो ।
टीकापुरमा एमाले पार्टी पंक्तिपनि एक ढिक्का, एमालेको चुनावी प्रचारप्रसार जस्ता कारणले पनि एमालेका नेता बलियो देखिएका छन् ।