चितवनमा डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

चितवन, २९ कात्तिक । चितवनमा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी डेङ्गुको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा सङ्क्रमण देखिएको छ ।