गर्विलो विगतका गोकर्णलाई गुल्मीको विकास जितका लागि सहज
इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिनु भएका गोकर्ण विष्ट नेकपा एमालेका केन्दी सचिव हुनुहुन्छ । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक बिष्ट ०३५–०३६ सालको विद्यार्थी आन्दोलनदेखि निरन्तर राजनीतिमा हुनुहुन्छ ।
०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुखहुँदै तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव सचिव र ०५६ देखि २ कार्यकाल अध्यक्ष बन्नुभएका उहाँ नेकपा (एमाले) को ७ र ८ औँ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औँ महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुखको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।
बर्षा बढी भए गाडी र मान्छे खोला तर्ने उपाय थिएनन् । गोकर्ण विष्टले निर्वाचन क्षेत्रमा ५९ वटा पक्की पुल र ४९ वटा आकासे तथा झोलुङे पुलका योजना समावेश गरेका गर्नुभएको । जसका ९० करोड बढी रकम खर्च भएको गोकर्ण विष्को सचिवालयले जनाएको छ । बिष्ट निर्वाचित हुनभन्दा पहिले गाउँमा टाउको दुखे सिटामोल दिने ठाउँ थिएनन् ।
०५६, ०७० र ०७४ सालमा प्रतिनिधी सभामा निर्वाचित विष्ट ०६८ सालमा चार महिना मात्रै उर्जामन्त्री बन्नुभयो । तर, उहाँ उर्जामन्त्री बन्दा गरेका कामको अहिले पनि प्रशंसाा हुने गरेको छ । छोटो समयमै विद्युत चुहावट नियन्त्रण, लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात उहाँका पालामा भएको थियो ।
त्यसो त माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम तिब्र रुपमा अघि बढाउने काम पनि उहाँको कार्यकालमा भएको थियो ।
पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर ष्टिले पार्टी र जनता माझमा लोकप्रियता बटुल्नु भयो ।
०७२ सालको विनाशकारी भूकम्पपछि एमालेले संचालन गरेकोे एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माण अभियानमा ष्टिको योगदान अविस्मरणीय छ । ०७४ चैत २ देखि २१ म्हिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहनु भएका उहाँले धेरै राम्रा कामको सुरुवात गर्नुभएको थियो ।
०७२ सालको विनाशकारी भूकम्पपछि एमालेले संचालन गरेकोे एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माण अभियानमा ष्टिको योगदान अविस्मरणीय छ । ०७४ चैत २ देखि २१ म्हिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहनु भएका उहाँले धेरै राम्रा कामको सुरुवात गर्नुभएको थियो
सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु, अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता गरेर अर्को चमत्कारिक काम र कार्यभार पूरा गर्नुभयो ।
गुल्मीको विकासमा अब्बल
निर्वाचित भएपछि क्षेत्र फर्किर काम गर्ने नेपालका बिरलै मध्येका नेता मध्ये गोकर्ण पनि हुनुहुन् । ०५६ देखि निर्वाचनको मैदानमा रहनु भएका ष्टिले करिव १२ बर्ष मात्रै संसद र छोटो अवधी मन्त्री भएर काम गर्नुभयो । तर, उहाँको अगुवाइमा उहाँको क्षेत्रमा निकै महत्वपूर्ण कामहरु भएका छन् । उहाँ सांसद बन्नभन्दा पहिले गाउँमा सडक संजाल थिएनन् । घाँसको गाँज समातेर हिड्नुपर्ने गाउँमा अहिले अर्वौको मदन भण्डारी राजमार्गसहित प्रत्येक बस्तीमा मोटरबाटाहरु निर्माण भएका छन् ।
तत्काल कालोपत्रे गर्ने अवस्थामा रहेका सडक मात्रै क्षेत्र नं २ मा ५ वटा छन् । यो अवधीमा १ सय ४५ वटा सडक योजनामा १५ अर्व बढी रकम खर्च भएको छ । सडक नभएको ठाउँमा पुल बन्ने संभावनानै थिएन । बर्षा बढी भए गाडी र मान्छे खोला तर्ने उपाय थिएनन् । गोकर्ण विष्टले निर्वाचन क्षेत्रमा ५९ वटा पक्की पुल र ४९ वटा आकासे तथा झोलुङे पुलका योजना समावेश गरेका गर्नुभएको । जसका ९० करोड बढी रकम खर्च भएको गोकर्ण विष्को सचिवालयले जनाएको छ । बिष्ट निर्वाचित हुनभन्दा पहिले गाउँमा टाउको दुखे सिटामोल दिने ठाउँ थिएनन् ।
अहिले गाउँगाउँमा ३१ वटा आधुनिक संरचनासहितका स्वास्थ्यचौकी भवन, एक पालिका एक १५ शैयाको अस्पतालसहित अत्याधुनिक सुविधासहितको सय शैयाको गुल्मी अस्पतालको निर्माण भैरहेको छ । यी संरचनाको लागि दुई अर्व ३० करोड खर्च भएको छ । क्षेत्र नं २ मा घाम अस्ताएपछि टुकी र देलोले बालेर खाना खाने अवस्था थियो । अहिले बिजुली नपुगेको थाउँ छैनन् । निर्वाचन क्षेत्रका नागरिकले मात्रै होइन हरेक साँझ बत्ति बाल्ने बेला गोकर्ण बिष्टलाई सम्झिने अवस्था उनको कामले बनाएको छ ।
गुल्मी २ मा बिद्युतको गुणस्तरियताकै लागि १३२ केभीएको राष्ट्रिय ट्रान्समिसन लाइनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ । अहिलेसम्म १३२, ३३ र ११ केभिए र ग्रामिण बिद्युतीकरणको लागि गुल्मीमा ५ अर्ब ८२ करोड खर्च भएको छ । १० करोडमा गाउँगाउँमा काठका पोलहरु बिस्थापन गरेर स्टिल पोल बिस्तारको काम भइरहेको छ । क्षेत्र २ का नागरिकको अर्को ठुलो समस्या खानेपानी हो । खानेपानी नपाएर कैयाँ बस्ती काकाकुलकै जुग बिताए । कामनै भएन र काम नदेखेर राजनैतिक पुर्बाग्रहीहरुलाई खोज गर्ने गरेरै खानेपानीमा विकास भएको छ ।
अर्बौ खर्च गरेर १६७ वटा खानेपानी योजनाका काम गुल्मी २ मा भएका छन् । संघ र पछिल्लो समय स्थानीय सरकारहरुसंगको समन्यमा निर्वाचन क्षेत्रका साढे १५ हजार घरमा एक घर एक धारा निर्माण हुनु सामान्य कुरा होइन् । करोडौको अत्याधुनिक किरण पुस्तकालय, लखनथापा खेल मैदानसंगै धुर्कोट, मुसिकोट, इस्माकोटसहितका ११० वटा पुरात्वातिक संरचना निर्माणमा करोडौ खर्च भएको छ ।
अर्बौ खर्च गरेर १६७ वटा खानेपानी योजनाका काम गुल्मी २ मा भएका छन् । संघ र पछिल्लो समय स्थानीय सरकारहरुसंगको समन्यमा निर्वाचन क्षेत्रका साढे १५ हजार घरमा एक घर एक धारा निर्माण हुनु सामान्य कुरा होइन् । करोडौको अत्याधुनिक किरण पुस्तकालय, लखनथापा खेल मैदानसंगै धुर्कोट, मुसिकोट, इस्माकोटसहितका ११० वटा पुरात्वातिक संरचना निर्माणमा करोडौ खर्च भएको छ
२२० भन्दा बढि सिंचाईका साना–ठुला योजना, ३० वटा गाविस भवन, २५९ शौचालय र खानेपानसतिका बिद्यालय, युडब्लुएस मार्फत १८ अंग्रेजी बिद्यालय, जिवराज बहुप्राविधिक शिक्षालय, सवै पालिकामा आद्योगिक ग्रामको स्थापना र गर्जुरा पार्क तथा कंकेदेउरालीसहितका पर्यटकीय स्थानमा संरचना निर्माणको लागि अर्बौको काम पुर्व मन्त्री बिष्टको पहलमा भएका छन् । यसकारण पनि गुल्मीमा विष्टको जित निश्चि जस्तै रहेको छ । अहिले उहाँसँग प्रतिस्पर्धामा गठबन्धनकी रामकुमारी झाँक्री हुनुहुन्छ । तर, उहाँ गुल्मीका लागि ‘टुरिस्ट’ उम्मेदवार रहेको भन्दै उहाँलाई भोट नदिनेको संख्या बढी छ । मन्त्री हुँदा समेत गुल्मीका लागि सामान्य भन्दा सामान्य काम गर्न नसकेको अपजस पनि झाँक्रीलाई छ । गुल्मीमा नेकपा समाजवादीको पकट निकै कमजोर छ । त्यसैले उहाँलाई गठबन्धको बैशाखी त्यति सहज नहुने अनुमान छ ।