गठबन्धनले स्थायित्व देला जस्तो लागेन, यसपाली एमालेकै सरकार बन्ने प्रवल सम्भावना छ
काठमाडौं, ३० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अब हाम्रो दैलोमै आइसकेको छ । मंसिर १ गते राति १२ बजेपछि चुनाव प्रचार प्रसारको कार्य पनि निषेध हुँदैछ । चुनाव पछिको अवस्था यसै हुन्छ भनेर कसैले ठोकुवा गर्न नसके पनि संघीय राजधानी काठमाडौंको भित्री शहरमा भने नेकपा (एमाले) को पक्षमा लहर आएको देखिन्छ ।
मैत्री न्यूज टीमले काठमाडौंको भित्री शहरका केही स्थानमा स्थानीय जनतासँग गरेको संक्षिप्त वार्तालापमा युवादेखि वृद्धवृद्धाहरूले समेत यो पाली नेकपा (एमाले) कै जीत हुने सम्भावना व्यक्त गर्नुभएको छ ।
एमालेकै जीत हुने सम्भावनाको आधार भने उहाँहरूले एमालेले शुरु गरेको वृद्ध भत्ता, आफ्नो सरकार हुँदा एमालेले गरेका कामहरू, गठबन्धनका दलहरू भित्र अहिल्यै देखा परिसकेको खिंचातानी जस्ता कामलाई देखाउनुभएको छ ।
केही स्थानीयहरूले भने स्थानीय तहमा विजयी भएका एमाले जनप्रतिनिधिहरूले वडामा राम्रो काम गरेका कारण पनि एमालेप्रति आकर्षण बढेको बिचार राख्नुभएको छ । त्यस्तै उमेर पुगेका वृद्धवृद्धाहरूले एमाले आएपछि वृद्धभत्ता बढ्ने कुरा सुनेकोले यही पार्टी जित्ला कि भन्ने लागेको बताउनुभएको छ ।
केही युवाहरूले राष्ट्र र राष्ट्रियताको सवालमा एमाले स्पष्ट भएको कारणले एमालेले देशैभरि विजय हासिल गर्ने अपेक्षा व्यक्त गर्नुभयो । केहीले चाहिँ आफूले पहिल्यैदेखि एमालेलाई भोट दिँदै आइरहेका कारण अहिले पनि मत बदल्न नसक्ने बताउनुभयो ।
सुनौं, जनताको विचार जनताकै आवाजमाः